हेटौंडा । चिरञ्जीवी ‘नेपाली’ स्मृति प्रतिष्ठान चितवनको आयोजनामा मकवानपुरको दिव्य सेवा निकेतन, रातमाटे हेटौंडामा आयोजित साहित्यिक समारोहमा नियात्राकार रञ्जु दाहाललाई ‘चिरञ्जीवी नेपाली स्मृति सम्मान’ समर्पण गरिएको छ। उनलाई नगद रु. १५,०००/- सहित सम्मान प्रदान गरिएको हो ।
समारोहमा दाहालसहित रमेशमोहन अधिकारी, मञ्जु कोइराला, अप्सरा पुडासैनी, महेन्द्र कोइरालाले रचना वाचन गरेका थिए।
त्यसैगरी निमेष निखिल, सुवास खनाल, भावना सापकोटा, विश्वनाथ सन्जेल, चिरञ्जीवी लामिछाने, उमेश तिमल्सिना, ॐभक्त भण्डारी, सन्जित श्रेष्ठ, वीणा पोखरेल, गौरी कँडेल, मदन विक, सुमनकिरण लगायतले कविता, गजल तथा मुक्तक वाचन गरेर कार्यक्रमलाई अझ सजीव बनाएका थिए।
कार्यक्रममा जनार्दन खनाल, अरुण खतिवडा, डी.बी. बर्तौला, पूर्णकला घिमिरे, देवराज तिवारी, निरा पराजुलीलगायतका साहित्यकारहरूको पनि उपस्थिति थियो।
कार्यक्रमको सञ्चालन कपिल अज्ञातले गर्नुभएको थियो भने प्रमुख आतिथ्य प्रोल्लास सिन्धुलीय र सभाध्यक्षता निर्मोही व्यासले गर्नुभएको थियो।
यस सम्मानमार्फत नेपाली साहित्यमा नियात्रा विधामा सक्रिय स्रष्टाको योगदानलाई उजागर गर्न खोजिएको आयोजकले जनाएको छ।