प्रहर खबर
 २०८३ श्रावण ३, आइतवार    

एमाले अध्यक्ष ओलीमाथि आक्रमणको प्रयास

२०८० मंसिर २८, बिहीबार १८:२२ बजे

हेटौंडा – नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीमाथि एक व्यक्तिले आक्रमणको प्रयास गरेका छन् । विराटनगर मध्यपहाडी संकल्प यात्राको क्रममा धनकुटा र भोजपुरको बिचमा पर्ने लेगुवा पुगेका ओलीमाथि एक व्यक्तिले आक्रमणको प्रयास गरेका हुन् ।

फूलमाला र अविरले स्वागत गर्ने लाइनमा बसेका एक व्यक्तिले ओलीमाथि आक्रमणको प्रयास गरेको भिडियो सामाजिक सञ्जालमा सार्वजनिक भएको छ । उनीमाथि आक्रमणको प्रयास लगत्तै एमाले कार्यकर्ताले ती व्यक्तिलाई कुटपिट गरेका थिए ।

महालक्ष्मी–५ धनकुटाका महेश राईले ओलीमाथि आक्रमणको प्रयास गरेका हुन् । प्रहरीले उनलाई नियन्त्रणमा लिएको बताईएको छ ।