प्रहर खबर
 २०८३ कार्तिक ६, बिहीवार    

सम्पर्कविहीन विमान खोजीका लागि हेलिकोप्टर पठाइयो

२०७९ जेठ १५, आईतबार ०५:३० बजे

काठमाडौं – सम्पर्कविहीन तारा एयरको विमान खोजीका लागि हेलिकोप्टर पठाइएको छ । आइतबार बिहान पोखराबाट उडेको तारा एयरको ९ एनएईटी ट्विनअटर विमान सम्पर्कविहीन भएपछि खोजीका लागि हेलिकोप्टर पठाइएको हो ।


विमान अवतरण गर्ने समय भैसक्दा पनि अवतरण नभएपछि सम्पर्कविहिन भएको नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक प्रेम नाथ ठाकुरले जानकारी दिए। हराएको विमानको अहिले खोजी कार्य भइरहेको छ। विमानको खोजिका लागि जोमसोमतर्फ हेलिकोप्टर पठाइएको छ।नेपाल लाइभको सहयोगमा