प्रहर खबर
 २०८३ श्रावण ३, आइतवार    

सोमपाल एक साता मैदान बाहिर रहने

२०८० असार ५, मंगलबार ०५:२६ बजे

काठमाडौं – नेपाली राष्ट्रिय टोलीका तीव्र गतिका बलर सोमपाल कामीले चोटका कारण आईसीसी विश्वकप छनोट अन्तर्गत समूह चरणका बाँकी तीन खेल गुमाउने भएका छन् ।

आईसीसी विश्वकप छनोट अन्तर्गतको जिम्बाबेविरुद्धको पहिलो खेल खेलेका सोमपालको चोरी औला र बुढी औलाको बिचको भागको मासु फाटेको थियो । उनको हातमा दुई वटा टाँका लगाइएको र अब उनले एक हप्ता आराम गर्नुपर्ने नेपाली राष्ट्रिय क्रिकेट टिमका एक अफिसियलले जानकारी दिए ।

एक हप्ता आराम गर्नुपरेपछि अब सोमपालले आज हुने अमेरिकाविरुद्धको खेल साथै वेस्ट इन्डिज र नेदरल्यान्ड्सविरुद्धको खेल गुमाउनेछन् । यदि नेपाली टिम सुपर सिक्समा पुगे सोमपाल त्यसपछिका खेलमा उपलब्ध हुनेछन् ।


विश्वकप छनोटको पहिलो खेलमा नेपाल जिम्बाबेसँग ८ विकेटले पराजित भएको थियो । आज नेपालले दोस्रो खेलमा अमेरिकाको सामना गर्नेछ ।