प्रहर खबर
 २०८३ श्रावण ३, आइतवार    

यू-१९ वुमन्स एसिया कपका लागि नेपाली टोली घोषणा

२०८१ मंसिर २४, सोमबार २०:५६ बजे

काठमाडौं – नेपाल क्रिकेट संघ (क्यान) ले एसीसी यू-१९ वुमन्स एसिया कपको लागि नेपाल यू १९ महिला टोली घोषणा गरेको छ ।

क्यानले डिसेम्बर १५ देखि २२ सम्म मलेसियामा हुने वुमन्स एसिया कपको लागि सोमबार पुजा महतोको कप्तानीमा १५ सदस्यीय टोली घोषणा गरेको हो ।

टोलीको उपकप्तानमा सोनी पाख्रिन छन् । यस्तै अन्य खेलाडीमा, ज्योत्सनिका मरासिनी, कुसुम गोदार, एलिसा कुमारी यादव, कृष्मा गुरुङ, तृष्णा विक, रिया शर्मा, रचना चौधरी, सिमाना केसी र स्नेहा महराले टिममा निरन्तरता पाएका छन् ।

किरण कुमारी कुँवर र अनु कडायत टिममा नयाँ थपिएका छन् । बाँकी १३ खेलाडी टिममा यथावत नै छन् ।समूह बी मा रहेको नेपालले पहिलो खेल डिसेम्बर १६ मा पाकिस्तानसँग र डिसेम्बर १७ मा भारतसँग खेल्नेछ ।