प्रहर खबर
 २०८३ श्रावण ३, आइतवार    

सुनको भाउ घट्यो

२०८० माघ ४, बिहीबार १३:१८ बजे

काठमाडौं – सुनको भाउ लगातार घटिरहेको छ । बुधबार तोलामा १२ सय रुपैयाँ घटेको सुनको भाउ आज सात सय रुपैयाँले घटेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

महासङ्घका अनुसार आज सुनको भाउ तोलाको १ लाख १७ हजार पाँच सय रुपैयाँ तोकिएको छ । हिजो सुनको भाउ तोलाको १ लाख १८ हजार दुई सय रुपैयाँ रहेको थियो । यस्तै, आज चाँदीको भाउ पनि घटेको छ । आज चाँदी तोलाको १ हजार ३ सय ९० रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ।