प्रहर खबर
 २०८३ श्रावण ३, आइतवार    

चितवनमा बोलेरोको ठक्करबाट एक जनाको मृत्यु

२०७९ कार्तिक १८, शुक्रबार ०६:१० बजे

हेटौंडा – चितवनमा बोलेरो जीपको ठक्करबाट गम्भीर घाइते भएका एक जनाको मृत्यु भएको छ । कालिका नगरपालिका ७ गैंडाखोलामा गएराति ना ३ च ७१७८ नम्बरको बोलेरो जीपको ठक्करबाट घाइते भएकास्थानीय ४९ वर्षीय मीन बहादुर विश्वकर्माको मृत्यु भएको हो ।

दुर्घटनामा गम्भीर घाइते विश्वकर्माको उपचारको क्रममा आज(शुक्रबार)बिहान ३ बजे मृत्यु भएको चितवन प्रहरीले जनाएको छ । बोलेरो जीपले पैदल हिंडिरहेका विश्वकर्मालाई गएराति सवा २ बजे ठक्कर दिएको थियो । दुर्घटना पश्चात फरार रहेका चालकको खोजी भइरहेको प्रहरीले जनाएको छ ।