हेटौंडा – पर्साको ठोरी गाउँपालिका–३ रामनगरमा मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।
शनिबार साँझ बा.८८ प ७४१२ नम्बरको मोटरसाइकल दुर्घटना हुँदा चालक वीरगञ्ज महानगरपालिका–२२ बस्ने ३५ वर्षीय दिपेन्द्र मुखिया बिनको मृत्यु भएको प्रहरीले जनाएको छ ।
दुर्घटनामा गम्भीर घाइते भएका उनको वीरगञ्ज तराई अस्पताल हुँदै एलएस न्युरो अस्पताल बारामा थप उपचारको क्रममा मृत्यु भएको हो । अर्का १ जना घाइतेको वीरगञ्ज तराई अस्पतालमा उपचार भइरहेको छ । सवै दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।