काठमाडौं – काठमाडौं महानगरपालिका–२३ ओमबहालमा गएराति खुकुरी प्रहार गरि एक जनाको हत्या भएको छ । खुकुरी प्रहारबाट ४५ वर्षीय दाई सूर्य शाक्यको हत्या भएको प्रहरीले जनाएको छ ।
प्रहरीका अुनसार खुकुरी प्रहार गरि सूर्यको आफ्नै भाई २५ वर्षीय सुरज शाक्यले हत्या गरेका हुन् । सोमबार राति करिब १२ बजेतिर भएको घटनामा मादकपदार्थ सेवन गरेर आएका सूर्य र भाइ सुरजबीच झगडा परेको थियो ।
झगडाका क्रममा सूर्यले आमालाई गालीगलौज गर्न थालेपछि भाइ सुरज शाक्यले धारिलो हतियार प्रहार गरि आफ्नै दाईको हत्या गरेको प्रहरीले जनाएको छ ।
घटनाका बारेमा प्रहरीले बिहान मात्र खबर पाएको थियो । हत्या गरेर राति घरमै सुतेर बिहान फरार भएका सुरजलाई प्रहरीले बाङ्गेमुढाबाट पक्राउ गरेको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।