प्रहर खबर
 २०८३ श्रावण ३, आइतवार    

हेटौंडाको बसामाडीमा मोटरसाइकल दुर्घटना हुँदा दुई जना घाइते

२०८० जेठ १, सोमबार ०२:५१ बजे

हेटौंडा – हेटौंडा उपमहानगरपालिका वडा नम्बर ३ बसामाडीमा मोटरसाइकल दुर्घटना हुँदा दुई जना घाइते भएका छन् ।

पुर्व–पश्चिम सडकखण्डमा हेटौंडाबाट मनहरीतर्फ जादै गरेको विआर ०१ एफ ०५९५३ नम्बरको ईन्डियन मोटरसाइकल दुर्घटना हुँदा मोटरसाइकलमा सवार २ जना घाइते भएका हुन् ।

घाइते हुनेहरुमा चालक भारत बिहार मोतिहारी बस्ने ३० वर्षिय बिशाल कुमार सिंह र सोही ठाउँका ५० वर्षिय श्याम देब ठाकुर रहेका छन् । बिशालको खुट्टा र टाउकोमा चोट अवस्था गम्भिर रहेको छ भने श्यामको टाउकोमा,ओठमा र दाहिने खुट्टामा चोट लागेको प्रहरीले जनाएको छ ।

उनीहरु दुबै जनाको हेटौंडास्थित चुरेहिल अस्पतालमा उपचार भइहरेको प्रहरीले जनाएको छ ।