प्रहर खबर
 २०८३ श्रावण ३, आइतवार    

बागमती नदीले बगाउँदा मकवानपुरमा एक जनाको मृत्यु

२०८० असार ३१, आईतबार १३:१९ बजे

हेटौंडा – बागमती नदी तर्ने क्रममा बगाउँदा मकवानपुरमा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा बागमती गाउँपालिका–१ स्थित ठुलोगुर्दुङ बस्ने अन्दाजी ४५र४६ बर्षीय लघुदोर्जे दोङ रहेका छन् ।

बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडाका अनुसार आइतबार बागमती नदी तर्ने क्रममा अचानक नदीले बगाउँदा दोङको मृत्यु भएको हो। घटनास्थल मुचुल्का सहित थप अनुसन्धान कार्य भईरहेको प्रहरीले जनाएको छ ।