प्रहर खबर
 २०८३ श्रावण ३, आइतवार    

प्रधानमन्त्रीको सुरक्षा डिउटीमा खटिएका बरिष्ठ सइ भण्डारीको मृत्यु

२०७९ कार्तिक २९, मंगलबार १२:३० बजे

नेपालगञ्ज – बाँके विमानस्थलमा प्रधानमन्त्री शेरबहादुर देउवाको सुरक्षा डिउटीमा खटिएका बेला बेहोस भएर लडेका बरिष्ठ सइ प्रेमसिंह भण्डारीको हृदयघातबाट मृत्यु भएको छ ।

नेपालगञ्जस्थित विमानस्थलको सुरक्षा प्रमुखका रुपमा कार्यरत भण्डारीको हृदयघातबाट मृत्यु भएको हो । अस्पताल पुर्याउँदा उनको मृत्यु भएको प्रहरी स्रोतले जनाएको छ ।

प्रधानमन्त्री देउवा र पूर्व प्रधानमन्त्री प्रचण्ड बाँके विमानस्थलमा पुगेका थिए । त्यँही बेला उनी विमानस्थलको चौरमा ढलेका हुन् । मंगलबार दिउँसो करिब साढे चार बजे सुरक्षा डिउटीमा खटिएका भण्डारी उनी बेहोस भएर लडेको प्रहरीले जनाएको छ ।