प्रहर खबर
 २०८३ श्रावण ३, आइतवार    

ट्रकको ठक्करबाट एक पैदल यात्रीको मृत्यु

२०८१ मंसिर १५, शनिबार २०:०४ बजे

काठमाडौं – ट्रकको ठक्करबाट पोखरामा एक पैदलयात्रीको मृत्यु भएको छ।

ठक्करबाट पूर्वी रूकुम घर भई हाल पोखरा महानगरपालिका–२५ याम्दी बस्ने ५५ वर्षीया धन कुमारी बुढा रहेको प्रहरीले जनाएको छ ।

घान्द्रुकबाट पोखरातर्फ आँउदै गरेको ग २ ख १४६० नम्बरको ट्रकले जेब्रा क्रसिङबाट बाटो काट्दै गरेकी उनलाई ठक्कर दिएको जनाईएको छ ।

ट्रकको ठक्करबाट घाइते भएकी उनलाई उपचारका लागि मणिपाल शिक्षण अस्पताल पठाइएकोमा उनलाई चिकित्सकले मृत घोषणा गरेका जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

प्रहरीले ट्रक चालक ४५ वर्षीय पृथि तामाङलाई नियन्त्रणमा लिएको छ । थप अनुसन्धान जारी राखिएको छ ।