काठमाडौं – बाराको पचरौता नगरपालिका–७ बनौलीमा सोमबार रातभर दुई पक्षबीच झडप हुँदा प्रहरीले ८ राउन्ड हवाई फायर गरेको छ । सोमबार साँझदेखि नै झण्ड मेला लगाउने विषयलाई लिएर विवाद सुरु भएको विवादले राति ११ बजे उग्र रुप लिदा दुई पक्षबीच ढुङ्गा हानाहान भएको थियो।
दुई पक्षको झडपलाई नियन्त्रणमा लिन प्रहरीले ८ राउन्ड हवाई फायर गरेको छ। सोमबार राति ११ बजेतिर सुरुमा २ राउन्ड, ११:४५ बजेपछि ५ राउन्ड र ११:५५ बजेपछि १ राउन्ड हवाई फायर गरेको थियो।
राति ११:५५ बजेतिर हवाई फायर गरेपछि झडप तत्कालका लागि साम्य भएको जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता, प्रहरी नायव उपरीक्षक दधिराम न्यौपानेले जानकारी दिए।
उनका अनुसार झडपमा परी २ जना घाइते भएका छन्। घाइते हुनेमा पचरौता नगरपालिका–७ बनौलीकी ४० वर्षीया लक्ष्मी पटेल र सोही ठाउँकी ४२ वर्षीया चण्डीका पटेल छन्।