प्रहर खबर
 २०८३ श्रावण ३, आइतवार    

तीन थान भरूवा बन्दुकसहित एक जना पक्राउ

२०८० कार्तिक २६, आईतबार १७:४७ बजे

कपिलवस्तु – शिवराज नगरपालिका–९ बिजगौरी चोक बस्ने ३२ वर्षीय नर बहादुर ओलीलाई ३ थान भरूवा बन्दुकसहित आइतबार बिहान प्रहरीले पक्राउ गरेको छ ।

ईलाका प्रहरी कार्यालय सुन्दरडाँडाबाट खटिएको प्रहरीले नर बहादुरको गोठ तलासी गर्दा गोठबाट १ थान र गोठ नजिक उनकै बारीमा २ थान भरूवा बन्दुक लुकाई राखेको अवस्थामा फेला पारेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।