प्रहर खबर
 २०८३ श्रावण ३, आइतवार    

ललिता निवास प्रकरणमा थप दुईजना पक्राउ

२०८० असार १८, सोमबार १०:४१ बजे

काठमाडौं – ललिता निवास जग्गा प्रकरणमा प्रहरीले थप २ जनालाई पक्राउ गरेको छ। सिआइबीले समरजंग कम्पनीका तत्कालीन प्रमुख रमेशकुमार पोखरेल र नक्कली मोही देवनारायण महर्जनलाई पक्राउ गरेको हो।

सिआइबीका एसएसपी दिनेश आचार्यले थप २ जनालाई सोमबार काठमाडौंबाट पक्राउ गरिएको बताए। ललिता निवासको जग्गा व्यक्तिका नाममा लैजान संलग्न रहेको आरोपमा प्रहरीले अहिलेसम्म ९ जनालाई पक्राउ गरिसकेको छ।