प्रहर खबर
 २०८३ श्रावण ३, आइतवार    

मोटरसाइकल दुर्घटनामा एकजनाको मृत्यु

२०८२ असार १६, सोमबार ०९:०२ बजे

काठमाडौं । मदन भण्डारी राजमार्गअन्तर्गत सिन्धुलीको कमलामाई नगरपालिका- १४ रानीबासमा मोटरसाइकल दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ।

कमलामाई नगरपालिका-१४ चन्दनपुर निवासी अन्दाजी ३५ वर्षीय राजेन्द्र कुँवरको मृत्यु भएको हो। कार्यालयका अनुसार आइतबार राति रानीबासबाट भिमानतर्फ आउँदै गरेको ज ४ प ३४९८ नम्बरको मोटरसाइकल अनियन्त्रित भई दुर्घटना भएको हो।

दुर्घटनामा परी घाइते भएका कुँवरलाई उपचारका लागि बर्दिबास लैजाने क्रममा बाटोमा नै मृत्यु भएको हो। दुर्घटनामा घाइते १४ वर्षीय करण कुमरको जनसेवा अस्पताल बर्दिबासमा उपचार भइरहेको प्रहरी नायब उपरीक्षक सूर्यप्रसाद सुवेदीले जानकारी दिए।