काठमाडौं । चीनतर्फबाट आएको बाढीका कारणरसुवागढी हाइड्रोपावरको ड्याम साइडमा फसेका ५० जनाको उद्धार गरिएको छ।
उद्धार गरिएकामा ४ महिला र ४६ पुरुष रहेका छन् र उनीहरूलाई झोलुङ्गे पुलबाट हिँडाएर सुरक्षित स्थानमा ल्याइयो।
उद्धारमा १ जना चिनियाँ नागरिक समेत समावेश छन्।