काठमाडौं – चितवन ३ मा गठबन्धनको विरोधमा स्वतन्त्र उम्मेदवारी दिएका जगन्नाथ पौडेलले साढे ७ लाख जरिवाना तिरेका छन् । असोज २३ गते साढे ७ लाख जरिवाना तिरेपछि उनको उम्मेदवारी कायम भएको छ । उनको उम्मेदवारी कायम गरेर निर्वाचन आयोगले सूर्यमुखी फूल चुनाव चिन्ह प्रदान गरिएको जनाएको छ ।
निर्वाचन आयोगका अनुसार पौडेलले बैशाख ३० मा भएको स्थानीय तहको निर्वाचनमा भतरपुर महानगरपालिकाका प्रमुख उम्मेदवारी दिएर चिर्वाचन खर्च नबुझाएपछि कारवाहीमा परेका थिए । खर्च नबुझाएका पौडेलसहित ७ जनाले साढे ७ लाखका दरले ५२ लाख ५० हजार रुपैयाँ जरिवाना बुझाएका आयोगका उपन्यायाधिवक्ता गुरुप्रसाद वाग्लेले जानकारी दिए ।
राष्ट्रिय प्रजातन्त्र पार्टीबाट मोरङको बिराटनगर महानगरपालिकाका प्रमुखका उम्मेदवार प्रल्हादप्रसाद साह, राप्रपाबाटै बिरगंजको विरगंज महानगरपालिकाका उपप्रमुखका उम्मेदवार बिना जैसवाल, राप्रपाबाटै काठमाडौं महानगरपालिकाका उपप्रमुखका उम्म्मेदवार बिनिता मगैया, मंगोल नेशनल अर्गनाइजेशनबाट चितवनको भरतपुर महानगरपालिकाको उपप्रमुखका उम्मेदवार सुस्मा तामाङ, काठमाडौं महानगरपालिकाको उपप्रमुखका उम्मेदवार विद्या श्रेष्ठ र उन्नत लोकतन्त्र पार्टीबाट काठमाडौंको प्रमुखमा उम्मेदवारी दिएका प्रेमसागर कर्मचार्यले साढे ७ लाख जरिवाना बुझाएका हुन् ।
उनीहरु सबै जना आगामी मंसिर ४ गतेका लागि तय भएको प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा प्रत्यक्षतर्फ तथा समानुपातिकतर्फको बन्दसूचीमा परेकाले जरिवाना तिर्न बाध्य भएका हुन् ।