प्रहर खबर
 २०८३ श्रावण ४, सोमवार    

कटुवा पेस्तोल बरामद

२०७८ चैत्र १५, मंगलबार ०५:५३ बजे

हेटौंडा – सशस्त्र प्रहरीद्वारा एक एक थान कटुवा पेस्तोल बरामद गरिएको छ । सप्तरी जिल्लाको राजगढ गाउँपालिका–६ स्थित सीमा ईलाकाबाट चैत्र १३ गते सशस्त्र प्रहरीले एक नाल कटुवा पेस्तोल बरामद गरेको हो ।

भारतबाट नेपालतर्फ आउँदै गरेका ब्यक्ति सशस्त्र प्रहरी बल, नेपाल नम्बर ६ गण सप्तरीबाट गस्तीमा खटिएको टोलीलाई टाढैबाट देख्नासाथै उनले बोकेको
झोला सोही ठाउँमा छाडी फरार भएपछि सो झोलामा जाँच गर्दा उक्त पेस्तोल फेला परेको हो ।

बरामद कटुवा पेस्तोल नेपाल प्रहरीलाई बुझाईएको छ ।