हेटौंडा – घरको छतबाट खसेर २२ महिनाको बालकको मृत्यु भएको छ। तनहुँको व्यास नगरपालिका–१२ छिर्कनेमा घरको छतबाट खसेर २२ महिने मनिष सापकोटाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ।
प्रहरीका अनुसार घरको छतमा खेल्दै गरेको अवस्थामा खसेका उनको उपचारका क्रममा सोमबार पोखरामा मृत्यु भएको हो। उनलाई तत्कालै दमौली अस्पतालमा प्राथमिक उपचार पश्चात पोखरा पठाइएको थियो। घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।