प्रहर खबर
 २०८३ श्रावण ४, सोमवार    

सवारी साधनको ठक्करबाट एक महिलाको मृत्यु

२०८० बैशाख २४, आईतबार १३:१० बजे

हेटौंडा – सर्लाहीको लालबन्दी नगरपालिका ९ बस्तीपुर चोक नजिकै आज बिहानै सवारी साधनको ठक्करबाट एक महिलाको मृत्यु भएको छ ।

प्रहरीका अनुसार नम्बर खुल्न नसकेको सवारी साधनले अन्दाजी ५० वर्षीया महिलालाई आज बिहान साढे ४ बजे ठक्कर दिएको थियो ।

दुर्घटनामा पैदलयात्री महिलाको घटनास्थलमै मृत्यु भएको र दुर्घटना पश्चात सवारी साधन सहित फरार रहेका चालकको खोजी भइरहेको इलाका प्रहरी कार्यालय लालबन्दीले जनाएको छ ।

मृतकको सनाखत हुन बाँकी रहेको प्रहरीले जनाएको छ ।