प्रहर खबर
 २०८३ श्रावण ३, आइतवार    

चितवनमा गोहीको आक्रमणबाट एक जनाकाे मृत्यु

२०८० भाद्र ३१, आईतबार ०२:०४ बजे

भरतपुर – चितवनमा गोहीको आक्रमणबाट एकजनाको मृत्यु भएको छ । मृत्युहुनेमा पूर्वी चितवनको रत्ननगर नगरपालिका–५ स्थित मगरटोलका ४४ वर्षीय फगुना महतो रहेका छन् ।

शनिबार साँझ महतो डुङ्गाघाट क्षेत्रमा मृतावस्थामा फेला परेको चितवन राष्ट्रिय निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीले जानकारी दिए । उनले महतो माछा मार्न जाँदा गोहीले आक्रमण गरेको हुनसक्ने बताए ।