हेटौंडा – भ्यानको ठक्करबाट पाँच वर्षीय बालक(छोरा)को मृत्यु भएको छ भने आमा घाइते भएकी छन् । काठमाडौंको बल्खुमा आइतबार बा १३ च ६४१९ नम्बरको भ्यानले हिडिरहेका आमाछोरालाई एकैसाथ ठक्कर दिएको हो ।
भ्यानको ठक्करबाटभारत घर भएकी योगिता बन्सुरका ५ वर्षीय छोरा आयुषको मृत्यु भएको छ । गम्भीर घाइते भएका बालकको बल्खु स्थित बयोधा अस्पतालमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।
मृत बालकको आमा योगिताको सोही अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ । भ्यानले आइतबार बिहान पौने १२ बजे आमाछोरालाई एकैसाथ ठक्कर दिएको हो । सवारी साधन सहित चालकलाई प्रहरी वृत्त कालिमाटीले नियन्त्रणमा लिएको छ ।