काठमाडौं – सामाजिक सञ्जाल मार्फत साम्प्रदायिक सम्बन्धमा खलल पुर्याएको अभियोगमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सर्लाही मलङ्वा नगरपालिका–९ स्थायी वतन भएका २० वर्षीय सनि शर्मा रहेका छन् ।
विभिन्न जात जाति र सम्प्रदायबीचको सुमधुर सम्बन्धलाई खलल पार्ने किसिमका सामग्रीहरू उत्पादन गरी सामाजिक सञ्जाल मार्फत प्रकाशन तथा प्रदर्शन गर्ने कार्यमा शर्माको संलग्नता रहेको प्रारम्भिक अनुसन्धानबाट खुल्न आएपछि प्रहरीले काठमाडौं महानगरपालिका–२७ बाट पक्राउ गरेको हो ।
उनलाई विद्युतीय कारोबार ऐन, २०६३ अपराध अन्तर्गतको कसूरमा जिल्ला अदालत काठमाडौंबाट ६ दिन म्याद थप अनुमति लिई आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।