काठमाडौं – जाजरकोटको बारेकोट गाउँपालिका ९ खारीगाउँमा एक बालिकाको जलेर मृत्यु भएको छ । मृत्यु हुनेमा स्थानीय गोपाल जैसीकी १७ महिनाकी छोरी नतसा जैशी रहेकी छन् ।
जिल्ला प्रहरी कार्यालय जाजरकोटका प्रमुख डिएसपी सन्तोष कुमार रोकाका अनुसार भान्सा कोठामा सुतेको अवस्थामा एक्कासि चुल्होमा बालिका गम्भीर घाइते भएकी थिइन् । उनलाई मिसन अस्पताल चौरजहारीमा उपचारको लागि लगिएकामा उपचारको क्रममा मृत्यु भएको उनले बताए ।