काठमाडौं – नवलपरासीको कावासोतीको बालुवाडाँडामा जिप दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ । दुर्घटनामा परेर बुलिङटारकी पवित्रा मस्रांगी र उनका भाइ पवनको मृत्यु भएको प्रहरीले जनाएको छ ।
सिट क्षमताभन्दा बढी यात्रु चढेको बा।प्र।०७ ०० १ ज। ००२० नम्बरको जिप शनिबार बिहान ११ बजे दुर्घटनामा परेको हो । दुर्घटनामा परी ९ जना गम्भीर घाइते भएका छन् ।
प्रहरीका अनुसार बालुवाडाँडाबाट कावासोतीतर्फ आउँदै गरेको जिप सडकबाट खस्दा २८ जना घाइते भएका थिए । ९ जना गम्भीर बिरामीको जिल्ला अस्पताल डन्डामा उपचार भइरहेको छ ।