काठमाडौं – फ्रान्स युरोकपको सेमिफाइनलमा पुगेको छ । जारी युरोकपको क्वाटरफाइनल खेलमा पोर्चुगललाई पेनाल्टी सुटआउटमा ५-३ गोल अन्तरले पराजित गर्दै फ्रान्स प्रतियोगिताको सेमिफाइनलमा पुगेको हो ।
निर्धारित ९० मिनेट र त्यसपछि थपिएको ३० मिनेटमा दुवै देशबाट कुनै गोल नभएपछि खेलको निर्णय पेनाल्टी सुटआउटबाट गरिएको थियो । पेनाल्टी सुटआउटमा पोर्चुगलका लागि जोआओ फेलिक्सले पेनाल्टी मिस गरेपछि पोर्चुगल हारेको थियो ।
यो जितसँगै अब फ्रान्सले सेमिफाइनलमा स्पेनको सामना गर्ने छ । त्यसैगरी यो हारसँगै पोर्चुगलको युरोकप यात्रा समाप्त भएको छ ।
त्यस्तै स्पेन युरोकपको सेमिफाइनलमा पुगेको छ । जारी युरोकपको क्वाटरफाइनलमा स्पेनले आयोजक जर्मनीलाई २-१ गोल अन्तरले पराजित गर्दै स्पेन प्रतियोगिताको सेमिफाइनलमा पुगेको हो ।
स्पेनको जितमा डानी ओल्मो र मिकेल मेरिनोले एक एक गोल गरेका थिए । खेलको ५१औं मिनेटमा ओल्मोले गोल गर्दै स्पेनलाई शुरुवाती अग्रता दिलाएका थिए ।
त्यसपछि खेलको ८९औ मिनेटमा जर्मनीका लागि फ्लोरियन विर्त्जले बराबरी गोल गरेका थिए । निर्धारित ९० मिनेटको खेलमा दुवै देशले १(१ गोल गरेपछि खेल ३० मिनेटको अतिरिक्त समय खेलाइएको थियो । त्यसपछि खेलको ११९औं मिनेटमा स्पेनका लागि मेरिनोले गोल गरे र स्पेनलाई विजयी बनाए ।
यस खेलमा स्पेनका डानी कर्भाजलले खेलको १२०औ मिनेटमा दोहोरो पहेलो कार्ड पाएपछि रातो कार्ड पाउदै मैदान छोडेका थिए ।
अब स्पेनले सेमिफाइनलमा पोर्चुगल र फ्रान्सबीचको विजयी दशसँग खेल्ने छ । यो हारसँगै जर्मनीको युरोकप यात्रा सकिएको छ ।