हेटौंडा – राष्ट्रिय भूकम्प मापन केन्द्रले बुधबार दिउँसो ३ बजेर ८ मिनेटमा गएको भूकम्प ५ दशमलव ९ म्याग्नेच्युटको रहेको जनाएको छ ।
यस्तै भूकम्पको केन्द्रविन्दु सिन्धुपाल्चोकको नेपाल चीन सीमाना नजिकै(तातोपानीनजिक केन्द्रबिन्दु) चिनियाँ भूमिमा रहेको पनि केन्द्रले जानकारी दिएको छ ।
भूकम्पको धक्का मकवानपुर सहित छिमेकी धादिङ, काठमाडौं, ललितपुर, चितवन, भक्तपुर लगायत मध्य नेपालको अधिकांश जिल्लाहरुमा महसुस गरिएको थियो ।
भूकम्पबाट भएको क्षतिको आधिकारिक विवरण भने सार्वजनिक भइसकेको छैन ।