प्रहर खबर
 २०८३ श्रावण ४, सोमवार    

जिप दुर्घटना हुँदा एक विद्यार्थीको मृत्यु

२०७९ चैत्र २७, सोमबार ११:०४ बजे

काठमाडौं – कैलालीको चुरे गाउँपालिका फल्टुडेमा एसईईका विद्यार्थी सवार जिप दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ। मृत्यु हुनेमा चुरे गाउँपालिका–६ का १८ वर्षीय भानु ठगुन्ना रहेका छन्।

आइतबार साँझ करिब ७ बजे जिल्लाको चुरे गाउँपालिका फल्टुडेमा सु।प। प्र ०१००१ ज १४२३ नम्बरको जिप नालीमा ठोक्किएर दुर्घटना हुँदा ठगुन्ना गम्भीर घाइते भएकी थिइन् । उनको सेती प्रादेशिक अस्पतालमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा परी घाइते भएकी १७ वर्षीय हरिश धामी, १८ वर्षीय सरस्वती र १६ वर्षीय प्रकाश धामी उपचार भइरहेको छ । प्रहरीले दुर्घटनाबारे थप अनुसन्धान गरिरहेको छ।