हेटौंडा – दार्चुलाको शैलेशिखर नगरपालिका ६ उल्लानीमा आज जीप दुर्घटना हुँदा ५ जनाको घटनास्थलमै मृत्यु भएको छ भने चालक सहित ९ घाइते भएका छन् ।
गोकुलेश्वरबाट सदरमुकाम खलंगातर्फ जाँदै गरेको चालक सहित १४ जना सवार से १ ज ५५१ नम्बरको जीप आज अपरान्ह सवा ४ बजे सडकबाट अन्दाजी ५ सय मिटर तल खसेको हो ।
बझाङको कपलसेरी गाउँपालिका ६ को ५५ वर्षिया चन्दादेवी बोहरा, पुने बोहरा, उज्वल बोहरा, हिक्मत जागरी, राइभान बोहराको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार घाइते मध्ये चालक सहित २ जनाको अवस्था गम्भिर रहेको छ ।
घाइते सबैलाई उपचारको लागी गोकुलेश्वर अस्पताल पठाइएको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ ।