प्रहर खबर
 २०८३ श्रावण ३, आइतवार    

जबरजस्ती करणी मुद्दाका फरार अभियुक्त १९ वर्षपछि पक्राउ

२०८० माघ २६, शुक्रबार १९:३५ बजे

सुनसरी – सुनसरी प्रहरीले जबरजस्ती करणी मुद्दामा फरार रहेका अभियुक्तलाई १९ वर्षपछि पक्राउ गरेको छ।

पक्राउ पर्नेमा सुनसरी बराहक्षेत्र-१ का अर्जुन विश्वकर्मा रहेका छन्। विश्वकर्मालाई धरान-१२ बाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यलय सुनसरीका प्रहरी नायव उपरीक्षक नवीनकृष्ण भण्डारीले बताए।

विश्वकर्माले २०६१ मंसिर २३ गते १५ वर्षीय बालिकालाई जबरजस्ती करणी गरेको अभियोग लागेको छ। करणी गरी फरार रहेका विश्वकर्मामाथि सर्वोच्च अदालतले २०६७ वैशाख २९ गते ९ वर्ष ५ महिना १९ दिन कैद सजायको फैसला गरेको थियो।

पक्राउ परेका विश्वकर्मालाई शुक्रबार नै अदालत पेस गरी जिल्ला अदालत सुनसरीको आदेशानुसार झुम्का कारागार चलान गरिएको प्रहरीले जनाएको छ।