काठमाडौं – मोरङमा स्कुटर दुर्घटना हुँदा बिहीबार दिउँसो चालकको घटनास्थलमै मृत्यु भएको छ भने पछाडि सवार व्यक्ति घाइते भएका छन् ।
किसान चोकबाट टाँडीतर्फ जाँदै गरेको प्रदेश १–०२–०५२ प ४०६४ नम्बरको स्कुटर मिक्लाजुङ गाउँपालिका–६ सुन्दरी चोकस्थित जंगलमा बिहीबार दिउँसो ४ बजेतिर आफैँ अनियन्त्रित भएर सडक छेउको रूखमा ठोक्किएर दुर्घटनामा परेको हो । दुर्घटनामा परेर स्कुटर चालक झापाको मेचीनगर नगरपालिका–१ का अन्दाजी ५५ वर्षीय कृष्ण थुलुङको घटनास्थलमै मृत्यु भएको मोरङ प्रहरीका प्रवक्ता डीएसपी ज्ञानेन्द्रबहादुर बस्नेतले जानकारी दिए ।
स्कुटरको पछाडि सवार मिक्लाजुङ गाउँपालिका–६ का अन्दाजी ५० वर्षीय रमेश राई गम्भीर घाइते भएका छन् । राईको उपचार जारी रहेको प्रहरीले जनाएको छ ।