काठमाडौं – पूर्वसांसद ढाकाकुमार श्रेष्ठ लागूऔषध बिक्री गरेको आरोपमा पक्राउ परेका छन् । लागू औषधसहित पक्राउ परेका एक युवकले उक्त लागूऔषध श्रेष्ठको औषधि पसलबाट खरिद गरेको बयान दिएपछि श्रेष्ठ पक्राउ परेका हुन् ।
३ साउनमा लागू औषध ट्रुपाइनको ९७ चक्कीसहित पक्राउ परेका रोल्पा घर भई पोखरा बस्ने ४२ वर्षका प्रकाश थापामगरले पोखरा महानगरपालिका( ९ पृथ्वीचोकस्थित रहेको दिया फार्मेसीबाट खरिद ल्याएको बयान दिएपछि श्रेष्ठलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख एसपी मोहन थापाले बताए ।
उनका अनुसार उक्त फार्मेसीका सञ्चालक पूर्वसांसद ढाकाकुमार श्रेष्ठ हुन् । उनीविरुद्ध जिल्ला अदालत कास्कीले पक्राउ पुर्जी जारी गरेको थियो । बिहीबार प्रहरीले नियन्त्रणमा लिएको हो ।