हेटौंडा – ९ वर्षीया नाबालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा झापाबाट एक युवक पक्राउ परेका छन् । मेचिनगर नगरपालिका–३ बस्ने इलाम रोङ गाउँपालिका–६ स्थाई वतन भएका २० वर्षीय दिपेश प्रधानलाई मंगलबार दिउँसो पक्राउ परेका हुन् ।
प्रहरीका अनुसार प्रधानले ती बालिकालाई सोमबार राति सोही नगरपालिका–३ किरात मार्ग टोलस्थित सुपाडी बगानभित्र झाडीमा जबरजस्ती करणी गरेको थिए । उजुरीको आधारमा ईलाका प्रहरी कार्यालय काँकरभिट्टाबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।
घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।