प्रहर खबर
 २०८३ श्रावण ३, आइतवार    

रुख ढलेर घर च्यापिदा पुरीको घटनास्थलमै मृत्यु

२०८१ जेठ २२, मंगलबार ०९:१० बजे

हेटौंडा – कैलालीको टीकापुरमा रुख ढलेर घर च्यापिदा एक वृद्धको मृत्यु भएको छ । मृत्यु हुनेमा टिकापुर नगरपालिका–१ बिशालनगर गल्ली नं ६ का ७० वर्षका दलु पुरी रहेका छन् ।

लाका प्रहरी कार्यालय टीकापुरका प्रहरी निरीक्षक लोकराज अवस्थीका अनुसार सोमबार राति ९ बजेतिर आएको हावाहुरीले हल्दुको रुख ढलेर घर च्यापिँदा पुरीको घटनास्थलमै ज्यान गएको हो । मृतक पुरीका छोराहरू बाजुरामा रहेका र घटनापछि टीकापुर आउन लागेका छन् । वडा नम्बर १ कै गणेशपुर र ज्योति नगरमा पनि एउटा एउटा घरमा क्षति भएको उनले बताए ।

टीकापुर बहुमुखी क्याम्पसको जग्गामा भूमिहीन, सुकुम्वासीका रूपमा बसेका विशाल नगर, गणेशपुर, एकता नगर लगायतका शिविरमा बर्सेनि रुख ढलेर घर च्यापिने, मान्छेहरू घाइते हुने र मान्छेको ज्यान जाने घटना भइरहेका छन् ।