प्रहर खबर
 २०८३ श्रावण ३, आइतवार    

जिप दुर्घटना हुँदा एक बालकको मृत्यु

२०८० आश्विन २८, आईतबार १४:५७ बजे

काठमाडौं – धादिङमा जिप दुर्घटना हुँदा एक बालकको मृत्यु भएको छ भने पाँचजना घाइते भएका छन् । जिल्लाको गंगाजमुना गाउँपालिका– ४ गुम्दीमा धादिङबेँसीबाट रिगाउँको तावल जाँदै गरेको मे.१ज २६६९ नम्बरको जिप अनियन्त्रित भई दुर्घटना भएको प्रहरीले जनाएको छ ।

मृत्यु हुनेमा बिदा मनाउन गाउँ आएका गंगाजमुना गाउँपालिका– २ का करिब १४ वर्षीय अनुरोध तामाङ रहेका छन् । दुर्घटनामा ३५ वर्षीय आकाश तामाङ, २२ वर्षीय साजन तामाङ, ३५ वर्षीय अनुप तामाङसहित दुई बालक एडेल तामाङ र फिडिक तामाङ घाइते भएका छन् । उनीहरुको गुम्दी स्वास्थ्य चैकीमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

सांकेतिक तस्वीर