प्रहर खबर
 २०८३ श्रावण ३, आइतवार    

श्रेष्ठको घरमा चोरी गर्ने तीन जना पक्राउ

२०८० मंसिर २१, बिहीबार १४:४८ बजे

काठमाडौं – चोरी गरेको अभियोगमा काठमाडौंबाट तीन जना पक्राउ परेका छन् । काठमाडौं महानगरपालिका–९ गौशला बस्ने बाल कृष्ण श्रेष्ठको घरमा चोरी अभियोगमा मंगलबार साँझ प्रहरीले पक्राउ गरेको हो ।

पक्राउ पर्नेहरुमा सोही महानगरपालिका–८ तलगंगा बस्ने भारत बिहार घर भएका २१ वर्षीय कृष्ण पोदार, भारत मोतीहारी राजापुर घर भएका १९ वर्षीय फ्रुटी भन्ने किसन गिरी र नागार्जुन नगरपालिका–६ सितापाईला घर भएका ३० वर्षीय बिक्रम गर्तौला रहेका छन् ।

गत कात्तिक ५ गते राति श्रेष्ठको घरबाट सुनका विभिन्न गरगहना तथा नगद गरी जम्मा १३ लाख ५० हजार रूपैयाँ चोरी गरेको अनुसन्धानको क्रममा उनीहरुलाई काठमाडौं सिनामंगल शम्भुमार्गबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ । यस सम्बन्धमा प्रहरीले थप कारवाही तथा आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।