प्रहर खबर
 २०८३ श्रावण ४, सोमवार    

बाढीपहिरो प्रभावित क्षेत्रमा राहत र उद्धारको काम युद्धस्तर भइरहेको छ: प्रधानमन्त्री दाहाल

२०८० असार ४, सोमबार १२:३९ बजे

संखुवासभा – प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बाढी पहिरो प्रभावित क्षेत्रमा तत्काल राहत, पुनःस्थापना र उद्धारको काम युद्धस्तरमा गरिरहेको बताए।

बाढी पहिरो प्रभावित क्षेत्रको स्थलगत निरीक्षणका लागि सोमबार संखुवासभा आइपुगेका प्रधानमन्त्री प्रचण्डले राहत पुनःस्थापना र उद्धार सरकारको उच्च प्राथमिकतामा भएको बताए। बाढी पहिरो प्रभावित र विस्थापितलाई पुनःस्थापना गर्ने, घरबारविहीनको तत्काल स्थानान्तरण र आवासको व्यवस्था मिलाउने पनि प्रधानमन्त्री प्रचण्डले बताए।

बाढीपहिरो प्रभावित क्षेत्रको निरीक्षणका संखुवासभाका प्रतिनिधिसभा सदस्य, दिपक खड्का, कोशी प्रदेशसभा सदस्य राजेन्द्र कार्की, योगेश भट्टराई, वसन्त नेम्वाङ पनि टोलीमा सहभागी रहेका थिए।

शनिबार राति वर्षासँगै आएको बाढीले बगाउँदा जिल्लाका विभिन्न स्थानका २१ जना बेपत्ता भएका छन् भने बाढीले बगाउँदा १ जनाको मृत्यु भएको छ। बाढीले बगाउँदा चैनपुर नगरपालिका–४ मा निर्माणाधीन सुपर हेँवा हाइड्रोपावरका १७ जना मजदुर बेपत्ता भएका छन्।