प्रहर खबर
 २०८३ श्रावण ४, सोमवार    

हेटौंडाको राप्तीपुलबाट मोक्तान पक्राउ

२०८० आश्विन ११, बिहीबार २१:०१ बजे

हेटौंडा – मकवानपुरको हेटौंडा उपमहानगरपालिका वडा नं.३ तिनताप्के राप्तीपुलबाट बुधबार लागुऔषध नाईट्रोभेट सहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा चितवन राप्ती नगरपालिका वडा नं.१५ कोराक बस्ने २३ बर्षीय बिकास मोक्तान रहेका छन् ।

प्रहरी चौकी बासामाडीको गस्ती टोलिले तिनताप्केस्थित राप्ती पुलमाथी शंकास्पद रुपले बसिरहेका मोक्तानलाई चेकजाँच गर्दा उनले बोकेको झोलाबाट लागुऔषध नाईट्रोभेट ७० पत्ता(१०५० पिस) फेला पारेको हो । उक्त लागुऔषध सहित मोक्तानलाई नियन्त्रणमा लिएर आवश्यक भइरहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।