हेटौंडा – मकवानपुरको मकवानपुरगढी गाउँपालिका वडा नंं.२ मा बुधबार साँझ स्कुटर दुर्घटना हुँदा एक जना गम्भीर घाइते भएका छन् । गढीदरबारबाट हेटौंडा आउदै गरेको प्रदेश २–०३०१३ प ९७१२ नम्बरको स्कुटर आफै अनियन्त्रित भएर दुर्घटना दुर्घटना भएको हो ।
दुर्घटनामा परी हेटौंडा उपमहानगरपालिका वडा नं.४ हुर्पाचौर बस्ने ३१ बर्षीय सुदिप न्यौपाने गम्भिर घाइते भएका छन् । उनको चितवन मेडिकल कलेज
भरतपुरमा उपचार भइरहेको बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडाले जनाएको छ ।
सांकेतिक तस्वीर