हेटौंडा – उदयपुरको कटारी नगरपालिका १० मा बोलेरो जीप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने ५ जना घाइते भएका छन् ।
गम्भिर घाइते भएका उदयपुरकै ताप्ली गाउँपालिका १ का ६५ वर्षीय मिन बहादुर सार्कीको उपचारका लागि अस्पताल लैजादै गर्दा बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ ।
प्रदेश २–०१–००१ च ००५० नम्बरको बोलेरो जिप आज (मंगलबार) बिहान पौने ९ बजे अनियन्त्रित भएर सडकबाट अन्दाजी एकसय मिटर तल खसेको थियो । प्रहरीका अनुसार अन्य घाइतेहरूलाई उपचारको लागि कटारी अस्पताल पठाइएको छ । बोलेरो चालक नियन्त्रणमा रहेको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ ।