हेटौंडा – चितवनमा गैंडाको आक्रमणबाट एक जना घाइते भएका छन् ।
भरतपुर महानगरपालिका वडा नं.१६ स्थित बनमा घाँस काट्न जाने क्रममा गैंडाले आक्रमण गर्दा एक जना घाइते भएका हुन् ।
घाइते हुनेमा स्थानीय २३ बर्षीय अर्जुन परियार रहेका छन् । प्रहरीका अनुसार उनको अवस्था गम्भीर रहेको छ । उनको भरतपुर अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।