हेटौंडा – जीप र अटो रिक्सा एकआपसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ । पाल्पाको रामपुर नगरपालिका ५ सानी अमराईमा लु १ ज ४१३३ नम्बरको जिप र लु १ ह ४१३८ नम्बरको अटो रिक्सा एकआपसमा ठोक्किँदा एक जनाको मृत्यु भएको हो ।
मृत्यु हुनेमा रिक्सा चालक रामपुर बस्ने पाल्पाकै निस्दी गाउँपालिका २ का ४५ वर्षीय चोक बहादुर ढेंगा रहेका छन् । उनको उपचारको क्रममा मिसन अस्पतालमा मृत्यु भएको प्रहरीेले जनाएको छ ।
दुर्घटनामा घाइते भएका ३ जनाको सोही अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ । कालीगण्डकीको करिडोरमा कालीआँपबाट बेझाडतर्फ जाँदै गरेको जिप र विपरित दिशाबाट आउँदै गरेको अटो रिक्सा शुक्रबार साँझ पौने ७ बजे आपसमा ठोक्किँएको थियो । दुवै सवारी साधन सहित जिप चालकलाई इलाका प्रहरी कार्यालय रामपुरले नियन्त्रणमा लिइसकेको छ ।