प्रहर खबर
 २०८३ श्रावण ३, आइतवार    

प्रलोभन देखाएर नाबालिकालाई यौन धन्दामा प्रयोग, एक महिला पक्राउ

२०८० मंसिर १७, आईतबार १६:४६ बजे

हेटौंडा – नाबालिकाहरुलाई यौन क्रियाकलापमा लगाउने एक महिला पक्राउ परेकी छन् । पक्राउ पर्नेमा तनहुँ भिमाद नगरपालिका वडा नं.२ घर भई हाल काठमाडौं नयाँ बसपार्क बस्ने २५ बर्षीया सपना तामाङ भन्ने पुजा राना रहेकी छन् ।

नयाँ बसपार्क र कलंकीस्थित बिभिन्न होटल गेष्टहाउसहरुमा नाबालिकाहरुलाई ललाई फकाई विभिन्न प्रलोभनमा पारी यौन गतिविधीमा लगाउने गरेको सुचनाका आधारमा प्रहरी परिचान गरेको थियो । प्रहरीले रानालाई मंसिर १४ गतेका दिन नयाँ बसपार्कबाट पक्राउ गरेकोे हो

उक्त टोलीले  प्रलोभनमा परेर यौन धन्दामा प्रयोग भएका ३ जना नाबालिकाहरुको उद्दार गरेको छ । पक्राउ परेका रानालाई मानव बेचबिखन तथा ओसारपसार मुद्दामा काठमाडौं जिल्ला अदालतबाट पाँच दिनको म्याद थप गरि आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।