काठमाडौं – मौसम पूर्वानुमान महाशाखाका अनुसार आज देशभरको मौसम सामान्यतया सफा रहनेछ। पश्चिमी वायु र स्थानीय वायुको प्रभाव आंशिक रहेकाले र सुदूरपश्चिम प्रदेशका पहाडी भूभागमा सामन्य बदली भई अन्य स्थानको मौसम सफा रहने महाशाखाले जानकारी दिएको छ।
पहाडी भूभागका एकदुई स्थान बाहेकका भूभागमा वर्षाको सम्भावना नरहेकाले देशभरको तापक्रम बढ्ने मौसमविद् गोविन्द झाले जानकारी दिए। उनका अनुसार भैरहवा, सिमरालगायतका स्थानहरूको तापक्रम अझै बढ्ने सम्भावना छ। दुईतीन दिनदेखि ती स्थानको तापक्रम ४० देखि ४१ डिग्रीसम्म मापन गरिएको छ।