हेटौंडा – ट्याक्टरबाट खसेर एक किशोरको मृत्यु भएको छ । दाङको लमही नगरपालिका ६ देउपुरमा विहिबार बिहान ट्याक्टरबाट खसेर स्थानीय १५ वर्षीय सुशान चौधरीको भएको हो ।
प्रहरीका अनुसार गम्भीर घाइते भएका उनको उपचारका लागि अस्पताल लैजादै गर्दा बाटोमै मृत्यु भएको हो । लु ४ त ८१०६ नम्बरको ट्याक्टरमा सवार उनी आज बिहान ६ बजे ट्याक्टरबाट खसेको प्रहरीले जनाएको छ । ट्याक्टर सहित चालकलाई वडा प्रहरी कार्यालय लमहीले नियन्त्रणमा लिएको छ ।