हेटौंडा – सिन्धुपाल्चोकको बलेफी गाउँपालिकामा एक पशुफर्ममा आगलागी हुँदा एक नाबालकको मृत्यु भएको छ । मृत्यु हुनेमा बलेफी गाउँपालिका वडा नं. ४ कै करंगैरा निवासी तीन वर्षिय निज्र्वल कार्की रहेका छन् ।
आगो ताप्ने क्रममा लगाएको लुगामा आगो सल्किँदा बालक अत्तालिएर पराल स्टोर गरिराखेको टहरो तर्फ घुसेपछि आगलागी भएको स्थानीयहरुले बताएका छन् । उक्त फर्म ४ नं. वडाकै वडा अध्यक्ष सुर्जे तामाङको रहेको बताईएको छ ।
स्थानीयहरुले फर्ममा लागेको आगलागी नियन्त्रणमा लिइसकेका छन् । घटनाको मुचुल्का तयार गरी शव पोष्टमाटमको लागि अस्पताल लगिएको छ ।