काठमाडौं – प्रधानमन्त्री निवास बालुवाटारमा बसेको पाँचदलीय सत्ता गठबन्धनको बैठक सकिएको छ । आज सोमबार अपराह्न ३ बजे सुरु भएको बैठक अहिले भर्खरै सकिएको हो ।
चुनावपछि गठबन्धनको बैठक पहिलोपटक बसेको हो । बैठकमा चुनावी समीक्षा र नयाँ सरकारबारे छलफल भएको बताईएको छ ।