प्रहर खबर
 २०८३ श्रावण ३, आइतवार    

टेम्पो दुर्घटना हुँदा एक जनाको मृत्यु, तीन घाइते

२०८० कार्तिक ३०, बिहीबार ०७:४९ बजे

काठमाडौं – टेम्पो अनियन्त्रित भई दुर्घटना हुँदा सुनसरीमा एक जनाको मृत्यु भएको छ भने तीन घाइते भएका छन् । धरान उपमहानगरपालिका–६ मालपोत चोकमा गए राति को२ह ५५६५ नंको टेम्पो अनियन्त्रित भई दुर्घटना भएको प्रहरीले जनाएको छ ।

मृत्यु हुनेमा मोरङको केराबारी गाउँपालिका–५ का ३४ वर्षीय पदमबहादुर लिम्बू रहेको प्रहरी नायब उपरीक्षक नवीनकृण भण्डारीले जानकारी दिए । दुर्घटनामा सोही ठाउँका २३ वर्षीया जेनिशा मगर, ४५ वर्षीया अञ्जना मगर र २४ वर्षीया रबिना मगर घाइते भएका छन् ।

दुर्घटनामा घाइते चारै जनालाई उपचारका लागि बिपी कोइराला स्वास्थ्य प्रतिष्ठान धरान लगिएकामा लिम्बूको उपचारका क्रममा मृत्यु भएको हो । फरार भएका टेम्पोका चालकको प्रहरीले खोजी गरिरहेको छ ।